८ जेष्ठ २०८१, मंगलबार

एनआईसीको २१ औं वार्षिक साधारण सभा सम्पन्न


Capture

४ पुस, काठमाडौं । एनआईसी एशिया बैंकको २१ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सञ्चालक समितिले गत आर्थिक वर्षको नाफाबाट वितरण गर्न प्रस्ताव गरेको १० प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.५२६ प्रतिशत नगद अनुमोदन गरेको छ ।

पुस ४ गते ललितपुर सानेपा स्थित हेरीटेज गार्डेनमा सम्पन्न साधारण सभाले १ प्रतिशतका दरले ८० करोड ३१ लाख ११ हजार ७०० रुपैयाँको बोनस शेयर र सो मा लाग्ने कर प्रयोजनको लागि ०.५२६ प्रतिशत अर्थात चार करोड २२ लाख ६९ हजार ३७ रुपैयाँ नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

यस्तै बोनस शेयर वितरणपछि बैंकको साविक अधिकृत पूँजी ८ अर्ब ४ करोडलाई वृद्धि गरि ८ अर्ब ८४ करोड बनाउन, साविक तत्काल चुक्ता पूँजी ८ अर्ब ३ करोड ११ लाख १६ हजार ९९८ लाई वृद्धि गरी ८ अर्ब ८३ करोड ४२ लाख २८ हजार ६९८ रुपैयाँ बनाउन स्वीकृत प्रदान गरेको छ ।

उक्त साधारण सभाले आ. व. २०७४/०७५ को सञ्चालक समितिको वार्षिक प्रतिबेदन पारित गर्नुको साथै लेखापरिक्षण प्रतिवेदन सहित २०७५ आषाढको वासलात र आ.व. २०७४/७५ को नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वार्षिक वित्तीय विवरणहरु स्वीकृत गरेको छ ।

साथै साधारण सभाले बैंकको सहायक कम्पनी एन आई सी एशिया लघुवित्त वित्तीय संस्था लि. र एन आई सी एशिया क्यापिटल लि. सहितको आ.व. २०७४/७५ को एकिकृत वित्तीय विवरण समेत स्वीकृत गरेको छ । सभाले चालु आ.व. २०७५/७६ को लागि टि आर उपाध्याय एण्ड कम्पनीलाई बाह्य लेखापरिक्षकमा नियुक्त गरिएको छ ।

बैंकले २७० शाखा कार्यालयहरु, २८७ एटिएम, ३७ वटा एक्सटेन्सन काउण्टर एवं २० वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ । बैंकको वासलातको आकार २११ अर्ब र कुल निक्षेप करिब १६९ अर्ब पुगि निजी क्षेत्रबाट स्थापित बैंकहरु मध्ये नेपालको सबैभन्दा ठूलो बैंक बनेको छ ।

त्यसैगरि कुल कर्जा करिब १४५ अर्ब सहित निजी क्षेत्रका बैंकहरु मध्ये नेपालको सबैभन्दा ठूलो बैंकको रुपमा बैंकले आफ्नो पहिचान बनाउन सफल भइसकेको छ । हालसम्म यस बैंकमा ग्राहकको संख्या करिब १४ लाख रहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !