९ जेष्ठ २०८१, बुधबार

एनआईसी बैंकले शुरु गर्यो ‘साथी’ नामक फेसबुक च्याटबोट


Nic-Asia Bank

११ पुस, काठमाडौं । एनआईसी एशिया बैंकले ग्राहकहरुको सहजताका लागि ‘साथी’नामक फेसबुक ‘च्याटबोट’ सञ्चालनमा ल्याएको छ ।

‘बैंक पनि, साथी पनि, राम्रो पनि, हाम्रो पनि’ भन्ने आफ्नो नारालाई आत्मसाथ गर्दैै उक्त च्याटबोट मंगलबारबाट सञ्चालनमा ल्याइएको बैंकका नायव प्रमुख सूचना अधिकारी अर्जुन राजखनियाँले जानकारी दिए ।

साथी नामक फेसबुक च्याटबोटबाट बैंकका ग्राहकले आफ्ना जिज्ञासाको आधिकारिक जवाफ पाउने विज्ञप्तिमा उल्लेख छ ।

यसले डिजिटल बैंकिङको विकासमा बैंकले थप उचाई प्राप्त गर्ने बिश्वास व्यक्त गरिएको छ । एनआईसी एशिया बैंकका नेपालभर २ सय ७० शाखाहरु छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !