८ जेष्ठ २०८१, मंगलबार

झापाको बिर्ताबजारमा खुल्यो एनआई सी एशिया बैंकको नयाँ शाखा


एनआई सी एशिया बैंकको नयाँ शाखा

१८ मंसिर, काठमाडौं । एनआईसी एशिया बैंकले झापाको बिर्ताबजारमा आफ्नो नयाँ शाखा विस्तार गरेको छ । बैंकले बिर्तामोड नगरपालिका-३ बिर्ताबजारमा शाखा स्थापना गरेको हो । विस्तारित शाखाको बिर्तामोड नगरपालिकाका मेयर ध्रुव कुरमा शिवाकोटीले मंगलबार एक कार्यक्रमका बीच उद्घाटन गरे ।

मुलुकभर २६८ शाखा कार्यालयहरु, २८१ एटिएम, ३७ वटा एक्सटेन्सन काउण्टर एवं १९ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ ।

बैंकको वासलातको आकार रू. २११ अर्ब भन्दा बढि पुगेको छ भने कुल निक्षेप करिब रू. १७० अर्ब तथा कर्जा रू. १४४ अर्ब पुगिनिजी क्षेत्रबाट स्थापित बैंकहरु मध्ये नेपालको सबैभन्दा ठूलो बैंकको रुपमा आफ्नो पहिचान बनाउन सफल भइसकेको छ । हालसम्म यस बैंकमा ग्राहकको संख्या करिब १३ लाख ५० हजार रहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !