२ फाल्गुन २०८२, शनिबार

नेपाल बैंक लिमिटेड र क्यूरा हेल्थ प्रालिबीच सम्झौता


नेपाल बैंक लिमिटेड र क्यूरा हेल्थ प्रालिबीच सम्झौता

काठमाडौँ । नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारी र बैंकमा खाता रहेका ग्राहकलाई ललितपुरको ज्वागलस्थित क्यूरा हेल्थ प्रालिले प्रदान गर्ने विभिन्न स्वास्थ्य सेवामा लाग्ने शुल्कमा विशेष छूट प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ ।

सो सम्झौताबमोजिम बैंकमा कार्यरत कर्मचारीलाई र बैंकमा खाता रहेका ग्राहकलाई प्याथोलोजी ल्याबको विविध सेवाको लागि (निःशुल्क होम डेलिभरीको सुविधासहित) विभिन्न हेल्थ प्याकेजमा लाग्ने शुल्कमा बिल रकमको १२ प्रतिशत देखि २५ प्रतिशतसम्म छूट हुने व्यवस्था गरिएको छ ।

सम्झौतापत्रमा बैंकका बजारीकरण तथा अनुसन्धान डिभिजनका प्रमुख निर्मल सुवेदी र क्यूरा हेल्थका प्रबन्धक शीतलप्रसाद पोखरेलले हस्ताक्षर गरेका छन् । यसबाट बैंकमा कार्यरत कर्मचारी र बैंकमा खाता रहेका ग्राहक क्यूरा हेल्थको ल्याबबाट प्रदान गरिने सहुलियतपूर्ण स्वास्थ्य सेवाबाट लाभान्वित हुन सक्नेछन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !