२ फाल्गुन २०८२, शनिबार

नेपाल बैंक र लिफ प्लसवीचको सम्झौता


नेपाल बैंक र लिफ प्लसवीचको सम्झौता

काठमाडौं । नेपालको पहिलो वाणिज्य बैंक नेपाल बैंक लिमिटेडका कर्मचारी र ग्राहकका लागि नयाँ छुट सुविधा घोषणा गरिएको छ । काठमाडौंको शंखमुलस्थित लिफ प्लस प्रा. लि. सँगको सहकार्यमा बैंकका कर्मचारी र ग्राहकले अब उक्त कम्पनीले उत्पादन र बिक्री गर्ने पर्यावरणमैत्री घरायसी वस्तुहरूमा २० प्रतिशतसम्म छुट पाउने भएका छन् ।

लिफ प्लसले सुपारीको पातबाट निर्मित प्राकृतिक र पुनःप्रयोगयोग्य सामग्रीहरू — जस्तै प्लेट, कचौरा, थाल, चम्चा लगायतका उत्पादनहरू बिक्री गर्दै आएको छ । यी वस्तुहरू कम्पनीको वेबसाइट https://leafplus.com.np वा WhatsApp नम्बर ९८०१८७०२०८ र ९८०२३४४१७८ मार्फत खरिद गर्न सकिनेछ । खरिद गर्दा नेपाल बैंकको मोबाइल बैंकिङ एपबाट भुक्तानी गरेमा बिल रकममा २० प्रतिशतसम्म छुट लागू हुनेछ ।

उक्त सम्झौतापत्रमा मिति २०८२ साल असोज २७ गते, नेपाल बैंक लिमिटेडका तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत श्री प्रकाश कुमार अधिकारी र लिफ प्लस प्रा. लि.का तर्फबाट प्रमुख कार्यकारी अधिकृत कोबित सिंह बानियाले हस्ताक्षर गरेका हुन् ।

नेपाल बैंकका अधिकारीका अनुसार यो सहकार्यले वातावरण संरक्षण, दिगो उपभोग र डिजिटल भुक्तानी प्रवर्द्धनमा टेवा पुग्ने विश्वास गरिएको छ । उता लिफ प्लसका प्रमुख कार्यकारी अधिकारी बानियाले नेपाल बैंकका कर्मचारी र ग्राहकहरूलाई प्राकृतिक र प्रदूषणरहित वस्तुहरू सहज रूपमा उपलब्ध गराउने उद्देश्यले यस्तो योजना ल्याइएको बताए । यस सम्झौताबाट बैंकका हजारौं ग्राहक र कर्मचारी लाभान्वित हुने अपेक्षा गरिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !