४ फाल्गुन २०८२, सोमबार

नागरिक लगानी कोष र आईएमईबीच सेयर प्रत्याभूति सम्झौता


सेयर प्रत्याभूति सम्झौता

काठमाडौं । नागरिक लगानी कोष र आईएमई लिमिटेडबीच सेयर प्रत्याभूति सम्झौता भएको छ । सम्झौतामा कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की र आईएमईका प्रमुख कार्यकारी अधिकृत दिवाकर पौडेलले हस्ताक्षर गरेका छन् ।

आईएमईले प्रतिसेयर १ सय रुपैयाँका दरले १२ लाख ५० हजार ६ सय ६७ कित्ता बापत १२ करोड ५० लाख ६६ हजार ७ सय रुपैयाँ बराबर सेयर निष्कासन गर्ने सम्बन्धमा कोषसँग प्रत्याभूति सम्झौता गरेको हो । सम्झौता अवधि हस्ताक्षर भएको मितिले ६ महिनासम्म रहने छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !