काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले वैशाख ७ गतेदेखि वैशाख १२ गतेसम्म निष्कासन गरेको ‘आरबीबी डिबेन्चर–२०८८’ बाँडफाँट गरिएको छ । बैंकले २ अर्ब ५० करोड रुपियाँबराबरको प्रतिऋणपत्र १००० अंकित दरमा २५ लाख कित्ता ऋणपत्र जारी गर्न नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएको थियो ।
कुल ऋणपत्रमध्ये ६० प्रतिशत अर्थात् १५ लाख कित्ता व्यक्तिगत तवरबाट र ५ प्रतिशत अर्थात् ५० हजार कित्ता सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी रहेको ९ लाख ५० हजार कित्ता सर्वसाधारणलाई बिक्री खुला गरिएको थियो ।
सात वर्षे अवधि तथा वार्षिक ७ प्रतिशत ब्याजदर भएको यस ऋणपत्रमा रीतपूर्वक आवेदन दिएका आवेदकहरूलाई २५ लाख कित्ता ऋणपत्र हिजो २१ गते बाँडफाँट गरिएको बैंकले जनाएको छ ।












