२ फाल्गुन २०८२, शनिबार

राष्ट्रिय वाणिज्य बैंक र खाद्य व्यवस्था तथा व्यापार कम्पनीबीच सम्झौता


राष्ट्रिय वाणिज्य बैंक र खाद्य कम्पनीबीच कर्मचारीका लागि सरल कर्जा योजना सम्झौता

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडबीच कम्पनीका कर्मचारीहरूलाई पेशाकर्मी सरल कर्जा प्रदान गर्ने र तलबी खाता सञ्चालन गर्ने सम्बन्धमा नयाँ सम्झौता भएको छ।

सम्झौतापत्रमा राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) देवेन्द्ररमण खनाल र खाद्य व्यवस्था तथा व्यापार कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेश आचार्यले हस्ताक्षर गरेका छन्।

सम्झौताअनुसारm कम्पनीमा तोकिएको अवधि पूरा गरेका कर्मचारीहरूले कम्पनीको सिफारिसमा बैंकबाट अधिकतम १५ लाख रुपैयाँसम्मको पेशाकर्मी सरल कर्जा प्राप्त गर्न सक्नेछन्। यस कर्जा योजना राष्ट्रिय वाणिज्य बैंकको उपभोक्ता कर्जा निर्देशिका, २०७७ अन्तर्गत हुनेछ । जसमा बैंकले आधार दरमा २ प्रतिशत प्रिमियम थप गरी ब्याजदर कायम गर्नेछ। हाल बैंकको आधार दर ६. ६६ प्रतिशत रहेको छ।

सम्झौताले कम्पनीका कर्मचारीहरूको तलबी खाता पनि बैंकमा सञ्चालन गर्ने व्यवस्था मिलाएको छ, जसबाट दुवै पक्ष लाभान्वित हुने अपेक्षा गरिएको छ । सम्झौतामा हस्ताक्षर समारोहमा कम्पनीका विभागीय प्रमुखहरू, बैंकका उच्च अधिकारीहरू, र अन्य कर्मचारीहरूको उपस्थिति रहेको थियो। यो सम्झौता कर्मचारीहरूको वित्तीय सहजताका लागि एक महत्वपूर्ण कदमको रुपमा हेरिएको छ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !