२ फाल्गुन २०८२, शनिबार

कृषि विकास बैंकद्वारा लाभांश घोषणा


कृषि विकास बैंक

काठमाडौँ । कृषि विकास बैंकले गत वर्षको नाफाबाट सेयरधनीहरूलाई लाभांश दिने घोषणा गरेको छ।

बैंकको आज (बिहीबार) बिहान बसेको सञ्चालक समितिको बैठकले ३ प्रतिशत बोनस सेयर र ७.५३ प्रतिशत नगद (कर कर समेत) गरी कुल १०.५३ लाभांश दिने निर्णय गरेको हो।

बैंकले नेपाल सरकारको अग्राधिकार सेयरमा पनि ६ प्रतिशत नगद लाभांश दिने भएको छ। प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक स्वीकृतिपछि बैंकको आगामी साधारण सभाले पारित गरेपछि सेयरधनीहरूले पाउनेछन्।

गत वर्ष भने यस बैंकले २ प्रतिशत बोनस र ११ प्रतिशत नगद गरी कुल १३ प्रतिशत लाभांश वितरण गरेको थियो।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !