३ फाल्गुन २०८२, आइतबार

नेपाल रेमिट र कृषि विकास बैंकबीच रेमिट्यान्स भुक्तानी सम्झौता


कृषि विकास बैंक

काठमाडौं । विश्वका विभिन्न मुलुकबाट रेमिट्यान्स् भित्र्याउँदै आएको नेपाल रेमिट इन्टरनेशनल र कृषि विकास बैंकवीच रेमिट्यान्स् भुक्तानी सम्झौता भएको छ । सम्झौता पत्रमा नेपाल रेमिट इन्टरनेशनलका तर्फ प्रमुख कार्यकारी अधिकृत सागर खनाल र कृषि बिकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्द गरूङले हस्ताक्षर गरे ।

विगत १७ वर्ष देखि रेमिट्यान्स क्षेत्रमा काम गर्दै आएको नेपाल रेमिट इन्टरनेशनल तथा देश भरी तीनसय वटा भन्दा बढि शाखा कार्यलय र थुप्रै एक्स्टेन्सन्न काउन्टर मार्फत बैँकिङ्ग सेवाहरु जस्तै क्यूआर कोड सेवा, क्रेडिट कार्ड, डेविट कार्ड, कनेक्ट आइपिएस, ईन्टरनेट बैंकिङ आदि सेवा समेत प्रदान गर्दै आएको कम्पनीले जनाएकाे छ ।

साथै, कृषि बिकास बैंकबिचको सम्झौता पश्चात नेपाल रेमिट मार्फत विश्वका विभिन्न स्थानहरुबाट बैँकिङ्ग च्यानल मार्फत पठाएको रकम देशका ७७ जिल्लामा नै सम्बन्धित व्यक्तिले बैंकको शाखा कार्यलय मार्फत सरल तरिकाबाट प्राप्त गर्न सकिनेछ ।

यसका साथै कृषि बिकास बैंकसंगैको सम्झौतासंगै नेपाल रेमिट इन्टरनेशनलले अब देशभर १२ हजार भन्दा बाढि स्थानबाट आफ्नो सेवा जनतामाझ प्रदान गर्न सकिने कम्पनीले जनाएकाे छ।

डिजिटल रेमिट्यान्स्लाई प्राथमिकता दिने नेपाल रेमिटले विश्वका धेरै देशबाट नेपालमा रहेका थुप्रै बैँक तथा वित्तीय संस्थाबाट ग्राहकका खातामा रियल टाइम नै रेमिट्यान्स् भित्र्याउँदै आएको छ । जसबाट नेपालमा रेमिट्यान्स भित्राई देशको अर्थतन्त्र सुदृढिकरणमा समेत टेवा पुग्ने कम्पनीले जनाएकाे छ ।

यसका साथै, विदेशबाट पठाएको रकम बैँकिङ्ग च्यानल मार्फत भुक्तानी गर्न तथा सम्बन्धित व्यक्तिले रकम प्राप्त गर्न थप सहजिकरण हुने साथै यसले नेपालमा रेमिट्यान्स भित्र्याउन समेत टेवा पुर्याउने नेपाल रेमिट इन्टरनेशनलका नायव महाप्रबन्धक देव बहादुर थापाले बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !