![सुनको मूल्य](https://i0.wp.com/nepalpatra.com/wp-content/uploads/2024/04/Gold-sun2355.png?fit=800%2C528&ssl=1)
काठमाडौँ । स्थानीय बजारमा पहेँलो धातुको मूल्य बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मूल्य प्रतितोला रु तीन सयले बढेको छ । आइतबार प्रतितोला रु एक लाख ३६ हजार नौ सयमा कारोबार भएकोमा आज रु एक लाख ३७ हजार दुई सय कायम भएको छ ।
साथै तेजावी सुनको मूल्य प्रतितोलामा रु तीन सयले बढेर रु एक लाख ३६ हजार पाँच सय ५० कायम भएको छ । साथै चाँदीको मूल्य प्रतितोला रु २५ ले बढेर रु एक हजार आठ सय ८० कायम भएको छ ।