१२ मंसिर २०८१, बुधबार

ग्लोबल आइएमई बैंकले कमायो २ अर्ब ४ करोड नाफा


ग्लोबल आइएमई बैंक

काठमाडौं । ग्लोबल आइएमई बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय अवस्था सार्वजनिक गरेको छ ।

यो अवधिमा बैंकले २ अर्ब ४ करोड २३ लाख २९ हजार रुपैयाँ नाफा कमाएको छ । जुन गत आवको दोस्रो त्रैमासको तुलनामा २६.५७ प्रतिशत घटी हो । गत आवको सोही अवधिमा बैंकको नाफा २ अर्ब ७८ करोड ११ लाख ६५ हजार रुपैयाँ रहेको थियो ।

यो अवधिमा बैंकको खुद ब्याज आम्दानी बढेको छ भने सञ्चालन आम्दानी घटेको छ । यो अवधिमा बैंको खुद ब्याज आम्दानी ३७.९९ प्रतिशतले बढेर ९ अर्ब २ करोड ८७ लाख ९० हजार रुपैयाँ पुगेको छ ।

यस्तै सञ्चालन नाफा २५.०८ प्रतिशत घटेर २ अर्ब ८४ करोड ३० लाख १६ हजार रुपैयाँ रहेको छ । पुस मसान्तसम्ममा बैंकको वितरणयोग्य नाफा १ अर्ब २७ करोड रुपैयाँ ऋणात्मक रहको छ ।

३६ अर्ब १२ करोड ८७ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा २० अर्ब ७३ करोड ९१ लाख रुपैयाँ रहेको छ । बैंकले ४ खर्ब ५४ अर्ब २४ करोड रुपैयाँ निक्षेप संकलन गरेर ३ खर्ब ६४ अर्ब ७४ करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।

बैंकको प्रतिसेयर आम्दानी ११ रुपैयाँ ३१ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ १५७ रुपैयाँ ४० पैसा रहेको छ। यो अवधिमा बैंकको खराब कर्जा २.९२ प्रतिशतबाट बढेर ४.६८ प्रतिशत पुगेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !