काठमाडौँ । भारतबाट पेट्रोलियम पदार्थको मूल्य बढेर आएको छ । नेपाल आयल निगमलाई इण्डियन आयल कर्पाेरेसन (आईओसी) ले नयाँ मूल्य सूची पठाएको हो ।
आईओसीले पठाएको मूल्य सूचीअनुसार डिजेल, पेट्रोल र मट्टीतेल र हवाई इन्धनको मूल्य बढेर आएको हो । निगमका अनुसार पेट्रोलमा ८ रुपैयाँ, डिजेलमा ७ रुपैयाँ, मट्टितेलमा ७ रुपैयाँ र हवाई इन्धनमा ८ रुपैयाँ बढेर आएको छ ।
यद्यपि खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिन्डर १०० रुपैयाँले घटेर आएको छ । निगमले स्वचालित मूल्य प्रणाली लागू गरेकोले तत्काल मूल्य घटबढ हुने भएको हो ।
नेपाल आयल निगमले ३१ असारमा लागू गरेको स्वचालित मूल्य प्रणालीअनुसार पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढेर आएकोले लिटरमै १० रुपैयाँसम्मले बढ्ने भएको हो भने खाना पकाउने ग्याँसको मूल्य भने प्रतिसिलिण्डरमा १०० रुपैयाँले घट्ने भएको हो ।
नेपाल आयल निगमको आज बेलुका ५ बजे बस्ने बोर्ड बैठकले डिजेल, पेट्रोल र मट्टीतेल र हवाई इन्धनको मूल्य बढाउने तथा खाना पकाउने ग्यासको मूल्य घटाउने निर्णय गर्नेछ । आजै राति १२ बजेदेखि नयाँ मूल्यसूची लागु हुने छ ।