२ कार्तिक २०८१, शुक्रबार

अर्थमन्त्री विष्णु पौडेल र युएसएआईडी प्रमुख सामन्था पावरबीच भेटवार्ता


विष्णु पौडेल र सामन्था पावर

काठमाडौं । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग (युएसएआईडी) प्रमुख सामन्था पावरबीच भेटवार्ता भएको छ ।

आज बुधबार सिंहदरबारस्थित अर्थ मन्त्रालयमा पुगेर प्रमुख सामन्थाले अर्थमन्त्रीसँग भेट गरेकी हुन् । भेटका क्रममा अर्थमन्त्री पौडेलले नेपालको अर्थतन्त्र, नेपाल र अमेरिकाबीचको सम्बन्ध विस्तारका साथै अमेरिकी सहयोग परियोजना (एमसीसी)को कार्यान्वयनमा जोड दिएका छन् ।

उनले यसअघि हिजो मंगलबार परराष्ट्रमन्त्री डा. विमला राई पौड्यालसँग पनि भेटवार्ता गरेकी थिइन् । दुईदिने नेपाल भ्रमणमा हिजो काठमाडौं आइपुगेकी उनले आज राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटेर आजै स्वदेश फर्किने कार्यक्रम रहेको छ ।

स्वदेश फर्किनुअघि आजै साँझ ५ बजे उनले पत्रकार सम्मेलन गर्दै छिन् । अमेरिकी विदेश मन्त्रालयको राजनीतिक मामिला हेर्ने उपमन्त्री भिक्टोरिया नुल्याण्डले नेपाल भ्रमण गरेर फर्किएको हप्ता दिन नपुग्दै सामन्था नेपाल भ्रमणमा आएकी थिइन् ।

दुई दिने नेपाल भ्रमणमा रहेकी युएसएआइडीका प्रशासक सामन्था पावरले आज नेपाल सरकार, नागरिक समाज र निजी क्षेत्रका नेतृत्वकर्ताहरूमाझ नेपालको लोकतान्त्रिक उन्नतिलाई अघि बढाउन युएसएआइडीले पाँच करोड ८५ लाख अमेरिकी डलर (साढे सात अर्ब रुपैयाँभन्दा बढी) सम्मको सहयोग प्रदान गर्ने घोषणा गरेका हुन् ।

अमेरिकाको राष्ट्रिय सुरक्षा परिषद्को सदस्यसमेत रहेकी उनी अमेरिकाको क्याबिनेट स्तरकी उच्च अधिकारी हुन् ।

यो पनि पढ्नुहोस्

युएसएआइडी प्रमुखको घोषणा : नेपाललाई साढे ७ अर्ब सहयोग दिने

परराष्ट्रमन्त्री पौड्याल र युएसएआइडीका प्रशासकबीच भेटवार्ता

यूएसएआईडी प्रमुखले आज प्रधानमन्त्री, अर्थमन्त्री र परराष्ट्रमन्त्रीलाई भेट्ने

यूएसएआईडी प्रमुख समान्था पावर आइपुगिन् काठमाडौं


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !