६ बैशाख २०८१, बिहिबार

यूएसएआईडी प्रमुख समान्था पावर आइपुगिन् काठमाडौं


समान्था पावर फाइल फोटो

काठमाडौँ । अमेरिकी विकास सहयोग नियोग (यूएसएआईडी) की प्रमुख समान्था पावर नेपाल भ्रमणमा आइपुगेकी छन् । नेपालमा नेकपा माओवादी केन्द्र का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नयाँ सरकार बनेसँगै पावर काठमाडौँ आएकी हुन् ।

एक साताअघि मात्र अमेरिकी विदेशमन्त्रालयको राजनीतिक मामिला हेर्ने उपमन्त्री भिक्टोरीया नुल्यान्डले नेपाल भ्रमण गरेकी थिइन् । उनले आज प्रधानमन्त्री प्रचण्ड, उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल र परराष्ट्रमन्त्री डा. विमला राई पौडेलसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

यूएसएआईडीले जारी गरेको प्रेस विज्ञप्तिअनुसार पावरले भ्रमणमा नेपालका नागरिक समाजका अगुवा, सामुदायिक समूह, विद्यार्थी, व्यवसायी लगायतलाई भेटेर नेपाललाई थप लोकतान्त्रिक, समृद्ध, समावेशी र लचिलो देश बनाउने प्रयास र उपलब्धिहरूबारे छलफल गर्ने छिन् ।

नेपालमा रहँदा उनले नेपाल सरकार र जनतासँग अमेरिकाको ७५ वर्षभन्दा लामो साझेदारीलाई जोड दिने बताइएको छ । उनी राष्ट्रिय सुरक्षा परिषद्की सदस्यसमेत हुन् । उनी २ वर्षदेखि यूएसएआईडीको प्रमुख छिन् । उनी ७ फेब्रुअरीमा फर्किने कार्यक्रम रहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !