११ बैशाख २०८१, मंगलबार

सरकारले बढायो पेट्रोलियम पदार्थको मूल्य


पेट्रोलियम पदार्थ

काठमाडौँ । सरकारले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । नेपाल आयल निगमले डिजेल, पेट्रोल र र मट्टितेलको मूल्य बढाएको हो ।

निगमले सोमबार राती १२ बजेदेखि लागू हुने गरी इन्धनको मूल्य वृद्धि गरेको हो । पेट्रोल र डिजेल/मट्टितिलको साविकको खुद्रा विक्री मूल्यमा प्रतिलिटर ३ रुपैयाँ मूल्य बढाएको हो ।

पेट्रोलमा मुल्य रु १७८, डिजेल र मट्टितेलमा प्रतिलिटर रु १७५ कायम गरिएको छ । निगमका अनुसार हवाई इन्धन र खाना पकाउने ग्यासको खुद्रा विक्री मूल्य भने हाललाई यथावत् नै राखिएको छ ।

यस्तो छ नेपाल आयल निगमले निकालेको प्रेस विज्ञप्ति

पेट्रोलियम पदार्थको मूल्य


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !