१३ मंसिर २०८१, बिहीबार

१६औं अन्तर्राष्ट्रिय फुटवेयर औद्योगिक प्रदर्शनीको समापन


१६औं अन्तर्राष्ट्रिय फुटवेयर औद्योगिक प्रदर्शनी

काठमाडौँ । जुत्ता उत्पादक सङ्घ नेपालले आयोजना गरेको जुत्ता तथा चप्पलसम्बन्धी स्वदेशी उत्पादनबारे नेपाली बिक्रेता र उपभोक्तालाई जानकारी दिने उद्धेश्यले ‘१६औँ अन्तर्राष्ट्रिय फुटवेयर औद्योगिक प्रदर्शनी’ आज समापन भएको छ ।

नेपालमा पहिलो पटक भएको प्रदर्शनी काठमाडौँको भृकुटीमण्डपमा पुस २१ गतेदेखि आज २३ गतेसम्म तीन दिन सञ्चालन भएको हो । स्वदेशी उत्पादनलाई प्रवर्द्धन गर्न प्रदर्शनीको माध्यमबाट व्यापक प्रचारप्रसार गरी बाह्य बजार समेत विस्तार गर्ने रणनीतिक पहल गर्नका लागि यो प्रदर्शनी गरिएको थियो ।

जुत्ता उत्पादक सङ्घ नेपालका अनुसार स्वदेशी जुत्ता, चप्पल बजारमा ६० प्रतिशत भन्दा बढी स्थान ओगट्न सफल भएको छ । जुत्ता उत्पादनको हिसाबले नेपाल आत्मनिर्भर रहेको समेत रहेको जुत्ता उत्पादक सङ्घ नेपालले जनाएको छ ।

 १६औं अन्तर्राष्ट्रिय फुटवेयर औद्योगिक प्रदर्शनी

प्रदर्शनी विभिन्न ब्राण्डका छाला तथा अन्य चप्पल बनाउने कम्पनीहरूको सहभागितामा रहेको थियो । स्वदेशी तथा विदेशी उत्पादनका जुत्ता प्रदर्शनीमा राखिएको थियो ।

नेपाली उत्पादनको बजारीकरण गर्ने र आर्थिक समृद्धिको आधार तयार पार्ने उद्देश्यसहित तीन दिनसम्म सञ्चालन भएको मेलामा ९० स्वदेशी र ४० विदेशीसहित १३० स्टल रहेका थिए ।

प्रदर्शनीमा नेपालका ठूला उत्पादकदेखि साना घरेलु उद्योगहरूलाई समावेश गरिएको स्टलको मूल्य तिर्न नसक्नेलाई निःशुल्क स्टलको व्यवस्था मिलाएको पनि थियो । तीन दिनसम्म संचालन भएको प्रदर्शनीमा ठुलो संख्या विदेशी तथा नेपाली नागरिक अवलोकन गरेका थिए ।

नेपाली जुत्ता, चप्पल तथा छालाजन्य वस्तु उद्योगको सङ्ख्या एक हजार ५०० रहेका छन् । नेपाली उद्योगको वार्षिक हाल पाँच करोड जोर उत्पादन गदै आएको छ । यस क्षेत्रमा रु ३० अर्बभन्दा बढीको लगानी र रु चार अर्बभन्दा बढी बैंक कर्जा रहेको छ ।

चालु आर्थिक वर्ष २०७७/७८ मा चार करोड ११ लाख ४६ हजार एक सय ११ जोर जुत्ता, चप्पल आयात भएको छ । २७ लाख ६४ हजार छ सय ४३ जोर जुत्ता, चप्पल निर्यात भएको छ ।

यो पनि पढ्नुहोस्

आत्मनिर्भर अर्थतन्त्रका लागि स्वदेशी उत्पादन बढाउनुपर्छ : राष्ट्रपति भण्डारी

भृकुटीमण्डपमा १६औं अन्तर्राष्ट्रिय फुटवेयर औद्योगिक प्रदर्शनी हुने


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !