१४ बैशाख २०८१, शुक्रबार

पेट्रोलियम पदार्थमा अझै घाटा रहेकोले मूल्य नघट्ने आयल निगमको स्पष्टोक्ति


नेपाल आयल निगम

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा अझै घाटा रहेकोले मूल्य नघट्ने स्पष्ट पारेको छ । निगमले बुधबार विज्ञप्ति जारी गर्दै पेट्रोलियम पदार्थको मूल्य घटाउन नसकिने जनाएको हो ।

निगमले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘मासिक एक अर्ब २७ करोड घाटा हुने स्थिति देखिएकाले पेट्रोलियम पदार्थको बिक्री मूल्य हाललाई यथावत् राख्नुपर्ने बाध्यात्मक अवस्था निगमसामु रहेको छ । पेट्रोलियम पदार्थ बिक्रीबाट संकलन भएको रकमसमेत समावेश गरी इण्डियन आयल कर्पोरेशन लिमिटेडको बक्यौता रकम भुक्तानी गर्दासमेत करिब २३ अर्ब अझै तिर्नुपर्ने अवस्था छ ।’

अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेर आएपनि निगम घाटामा रहेकाले पेट्रोलियम पदार्थको मूल्य तत्काल घटाउन नसकिने स्पष्ट पारेको हो । भारतले पुन : पेट्रोलियम पदार्थको मूल्य घटेर नेपाल आएपछि मूल्य घटाउनुपर्ने भन्दै विद्यार्थी संगठन र उपभोक्ताकर्मीले दवाव दिंदै आएका थिए ।

सोमबार मात्र भारतीय आयल कर्पोरेसन (आईओसी) ले पेट्रोलियम पदार्थको मूल्य घटाएर पठाएको थियो । आईओसीबाट आज सोमबार प्राप्त मूल्यसूचीअनुसार पेट्रोल प्रतिलिटर १६ रुपैयाँ ८० पैसा र डिजेल मट्टितेल प्रतिलिटर १२ रुपैयाँ ४५ पैसाले घटाएर पठाएको नेपाल आयाल निगमले जानकारी दिएको थियो ।

अघिल्लो पटक जुलाई १५ तारिखमा पनि आइओसीले पेट्रोलमा प्रतिलिटर १५ रुपैयाँ ७६ पैसा र डिजेलमा प्रतिलिटर १६ रुपैयाँ ५६ पैसाले मूल्य घटाएतापनि पनि नेपाल आयल निगमले भने मूल्य घटाएको थिएन । तर मूल्य घटेर आउँदासमेत यता आन्तरिक बजारमा मूल्य समायोजन नगरेको निगमले पेट्रोलमा प्रतिलिटर १४ रुपैयाँ १९ पैसा डिजेल मट्टितेलमा समान २१ रुपैयाँ ९२ पैसा घाटामा नै रहेको जनाएको थियो ।

यसरी आईओसी पेट्रोलियम पदार्थको मूल्य घटाएर पढाएपछि अव नेपाल आयल निगमले के गर्ला भनेर आम नागरिकमा चासो बढेको थियो । भारतले दुई पटक मूल्य समायोजन गरेर पठाउँदासमेत निगमले मूल्य नघटाउँदा सडकदेखि सदनसम्मै विरोध हुँदै आएको छ ।

आईओसीको बक्यौता रकम क्रमशः भुक्तानी गर्दै पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्था सहज गर्नुपर्ने निगमको दायित्य रहेको विज्ञप्तिमा उल्लेख छ । इन्धन खरिद गरेबापत आईओसीलाई अझै २३ अर्ब बक्यौता बाँकी रहेको पनि निगमले जनाएको छ ।

यस्तो छ हेर्नुहोस् नेपाल आयल निगमले निकालेको प्रेस विज्ञप्ति

आयल निगमले निकालेको प्रेस विज्ञप्ति

यो पनि पढ्नुहोस्

भारतबाट लगभग १७ रुपैयाँ घटेर आयो पेट्रोलको मूल्य, के गर्ला निगमले ?


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु