१३ बैशाख २०८१, बिहिबार

विश्व बैंकबाट करिब २ अर्ब १४ करोड रुपैयाँ थप ऋण सहायता स्वीकार गर्ने


विश्व बैंक

काठमाडौं । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले कोरोना भाइरस (कोभिड-१९) को आकस्मिक प्रतिकार्य तथा जनस्वास्थ्य जोखिमको पूर्वतयारी परियोजनाको लागि विश्व बैंकबाट प्राप्त हुने १८ मिलियन अमेरिकी डलर (करिब २ अर्ब १४ करोड रुपैयाँ) थप ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको छ ।

त्यस्तैगरी राष्ट्रिय बीमा संस्थान सञ्चालक समितिको अध्यक्ष गंगाराम कँडेलको राजीनामा स्वीकृत गर्ने निर्णय भएको सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !