४ असार २०८१, सोमबार

सर्वाेत्तम सिमेन्ट लिमिटेडको तेश्रो वार्षिक साधारण सभा सम्पन्न


सर्वाेत्तम सिमेन्ट लिमिटेडको तेश्रो वार्षिक साधारण सभा सम्पन्न

काठमाडौँ । सर्वाेत्तम सिमेन्ट लिमिटेडको तेश्रो वार्षिक साधारण सभा गत माघ ११, २०७८ मा सम्पन्न भएको छ । उक्त बैठकमा विभिन्न महत्वपूर्ण विषयमाथि छलफल गरी निर्णय गरिएको छ ।

सर्वप्रथम, लेखा परिक्षकको प्रतिवेदन सहितको आ.व.२०७७/२०७८ को वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण छलफल गरी पारित गर्ने निर्णय भयो ।

यस्तै आ.व.२०७७/२०७८ को लागि संचालक समितिले सिफारिस गरे बमोजिम लेखापरिक्षकमा सूभास एण्ड कम्पनी चार्टड एकाउन्टेण्टस्लाई नियुक्त गर्ने निर्णय पनि गरिएको छ ।

त्यस्तै विशेष प्रस्तावहरु अन्तर्गत धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्काशन ६०,००,००० कित्ता शेयर निष्काशन बुक विल्डिङ्ग (Book Building) विधिवाट गर्ने निर्णय भएको छ ।

साथै धादिङ जिल्ला रोरांग गाँउपालिकास्थित कान्द्रांगगढी चुनढुंगा भण्डारणको उत्खनन कार्यका लागि रु. १५,०१,००,००० (अक्षेरेपी पन्ध्र करोड एक लाख मात्र) मा खानी खरिद गर्ने संचालक समितिको निर्णयलाई अनुमोदन गर्ने निर्णय समेत गरिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !