१६ जेष्ठ २०८१, बुधबार

एनएमबी बैंकले शेयरधनीलाई २१ प्रतिशत बोनस शेयर र १४ प्रतिशत नगद लाभांश दिने


४औँ वार्षिक साधारण सभा

काठमाडौँ । एनएमबी बैंक लिमिटेडले शेयरधनीहरुलाई चुक्ता पुँजीको २१ प्रतिशत बोनस शेयर र १४ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि समेत) वितरण गर्ने प्रस्ताव स्वीकृत गरेको छ । एनएमबी बैंक लिमिटेडले आफ्नो २४औँ वार्षिक साधारण सभाले यस्तो निर्णय गरेको हो।

संचालक समितिका अध्यक्ष पवनकुमार गोल्याणको अध्यक्षतामा सम्पन्न सभाले साधारण सभाले एनएमबी बैंकको आर्थिक वर्ष २०७५-७६ को वितरण योग्य मुनाफाबाट शेयरधनीहरूलाई चुक्ता पुँजीको २१ प्रतिशत बोनश शेयर र १४ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि समेत) वितरण गर्ने प्रस्ताव स्वीकृत गरेको हो ।

उक्त साधारण सभाले सञ्चालक पदमा संस्थापक शेयरधनीबाट पवन कुमार गोल्याण, एफएमओको तर्फबाट नीको पिल र कर्मचारी संचय कोषको तर्फबाट राजेन्द्र काफ्ले तथा सर्वसाधारण शेयरधनीबाट शिरिश कुमार मुरारका, योगेन्द्र लाल प्रधान र उत्तम भ्लोनलाई निर्वाचित गरेको छ ।

हाल बैंकले १६३ वटा शाखा, ५ एक्स्टेन्सन काउन्टर तथा १२८ वटा एटिएम मार्फत सेवा प्रदान गर्दै आएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !