१२ बैशाख २०८१, बुधबार

सेञ्चुरी कमर्सियल बैंकले सेयरधनीहरुलाई ६.०५ प्रतिशत लाभांस वितरण गर्ने


सेञ्चुरी कमर्सियल बैंक लिमिटेड

काठमाडौँ । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले आफ्ना सेयरधनीहरुलाई गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट ६.०५ प्रतिशत लाभांस वितरण गर्ने भएको छ । आज पौष २ गते शुक्रबार बसेकोे बैंक सञ्चालक समितिको ३५२ औं बैठकले चुक्ता पूँजीको ६.०५ प्रतिशत लाभाशं वितरण गर्ने प्रस्ताव पास गरेको छ ।

बैंकको २०७८ आषाढ मसान्तमा कायम चुक्ता पुँजी ९ अर्ब ३ करोड ४४ लाख २९ हजार ५०२ रुपैयाँ ५० पैसामा ५.७५ प्रतिशतले हुन आउने रकम ५१ करोड ९४ लाख ७९ हजार ६९६ रुपैयाँ ३९ पैसा बराबरको बोनस शेयर वितरण गर्ने र कर प्रयोजनको लागि चुक्ता पुँजीको ०.३० प्रतिशतले हुन आउने रकम २ करोड ७३ लाख ४१ हजार ३६ रुपैयाँ लाख ६५ पैसा बराबरको नगद लाभांश वितरण गर्ने बैठकले निर्णय गरेको हो ।

उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति भई बैंकको आगामी ११ औं वार्षिक साधारण सभाबाट पारित भएपश्चात लाभांश वितरण गरिनेछ । बैंकले थप जानकारीका लागि आधिकारीक वेबसाइट www.centurybank.com.np तथा बैंकका शाखा कार्यालयहरुमा सम्पर्क राख्न अनुरोध गरेको छ ।

सेञ्चुरी कमर्सियल बैंक प्रेस विज्ञप्ति


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !