८ मंसिर २०८१, शनिबार

पाँच सयले बढ्यो सुनको मूल्य


अवैध सुन बरामद

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला पाँच सयले बढेर ९० हजार ३०० कायम गरिएको छ ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार छापावाल सुनको मूल्य प्रतितोला ९० हजार ३०० तोकिएको हो । छापावाल सुन सोमबार प्रतितोला ८९ हजारमा ८०० मा कारोबार भएको थियो ।

त्यस्तै तेजाबी सुनको आजको कारोबार मूल्य प्रतितोला ८९ हजार ८५० कायम गरिएको छ जुन सोमबार प्रतितोला ८९ हजार ३५० मा कारोबार भएको थियो ।

महासङ्घका अनुसार आज चाँदीको मूल्य स्थिर रहेको छ । सोमबार प्रतितोला एक हजार १६० मा कारोबार भएको चाँदी आज पनि सोही मूल्यमा कारोबार हुनेछ ।

अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ७६० अमेरिकी डलरमा कारोबार भइरहेको छ । अन्तरराष्ट्रिय बजारमा हुने सुनचाँदी कारोबार मूल्यका आधारमा नेपालमा महासङ्घले सुन तथा चाँदीको मूल्य तोक्ने गर्दछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !