८ मंसिर २०८१, शनिबार

सानिमा लाइफको आईपीओ बाँडफाँट, तपाईलाई पर्यो कि परेन ? यसरी हेर्नुहोस् नतिजा


सानिमा लाइफको आईपीओ बाँडफाँट

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स लिमिटेडले सर्वसाधारणलाई बिक्री गरेको प्राथमिक शेयर (आईपीओ) बाँडाफाँड भएको छ । कम्पनीले साउन २० गतेदेखि २४ गतेसम्म निष्काशनमा ल्याएको शेयर आज शनिवार बाँडफाँड भएको हो ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रवन्धक प्रभु क्यापिटलले आईपीओ बाँडफाँट गरेको हो । कम्पनीको आईपीओ माग भन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका अनुसार गोलाप्रथाबाट न्युनतम १० कित्ताको दरले शेयर वितरण भएको छ ।

जसअनुसार ५ लाख ४० हजार भाग्यमानीले मात्र गोलाप्रथामार्फत १० कित्ताको दरले शेयर पाएका छन् भने अनुसार १७ लाख ६८ हजार १२२ जना आवेदकले खाली हात भएको छ ।

सानिमा लाइफ इन्स्योरेन्सको प्राथमिक शेयरको निष्काशनमा आवेदन दिने २४ लाख १९ हजार ८ सय ४८ वटा आवेदन मध्ये दोहोरो आवेदनका कारण रद्द भएका ५४३४ तथा अन्य कारणबाट आवेदन रद्द भएका १ लाख ६ हजार २ सय ९२ बाहेक बाँकी रहेका २३ लाख ८ हजार १ सय २२ योग्य आवेदनहरु छनौट भएका थिए ।

कम्पनीले सर्वसाधारणमा निष्काशन गरेको कुल ६० लाख कित्तामध्ये कर्मचारीलाई ३ लाख र म्युचुअल फन्डलाई ३ लाख कित्ता शेयर छुट्याएर बाँकी ५४ लाख कित्ता शेयर सर्वसाधारणलाई निष्काशन गरेको थियो ।

आईपीओको नतिजा प्रभु क्यापिटलको वेवसाइट र तथा सिडिएससिको वेवसाइट https://iporesult.cdsc.com.np बाट हेर्न सकिने छ ।

आईपिओ नतिजा


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !