७ बैशाख २०८१, शुक्रबार

ह्वात्तै घट्यो आज सुनको मुल्य, प्रतितोला कति ?


सुन

काठमाडौं । नेपाल सनुचाँदी व्यवसायी महासंघको अनुसार नेपाली बजारमा आज सुनको मुल्य घटेको छ । मंगलबार प्रतितोला ९३ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मुल्य आज ७ सयले घटेर ९२ हजार ५ सय रुपैयाँ कायम भएको छ ।

आज तेजाबी सुनको मुल्य प्रतितोला ९२ हजार रुपैयाँ कायम भएको छ । हिजो प्रतितोला ९२ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, आज चाँदीको मुल्य पनि २० रुपैयाँले घटेको छ । बुधबार चाँदी प्रतितोला १२ सय ६० रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !