१४ बैशाख २०८१, शुक्रबार

दिनप्रतिदिन सुनको मूल्य घट्दै, आज पनि यतिधेरै घट्यो !


सुन

काठमाडौँ । पहेंलो धातुको मूल्य ओरालो लाग्ने क्रम जारी छ । लगातार ओरालो लागिरहेको सुनको मूल्य आज पनि तोलामा ९०० ले घटेको छ । स्थानीय बजारमा आज छापावाला सुन ९०० ले घटेर तोलामा ८५ हजार ६०० मूल्य निर्धारण भएको छ । छापावाला सुन बिहीबार तोलामा रु ८६ हजार ५०० मा कारोवार भएको थियो ।

यसैगरी तेजाबी सुन तोलाको ८५ हजार १५० मूल्य निर्धारण भएको छ । तेजाबी सुन बिहीबार तोलामा ८६ हजार ५० मा कारोवार भएको थियो । यस्तै चाँदीको मूल्य तोलामा ३५ ले घटेको छ । तोलामा एक हजार २८५ मा बिहीबार कारोवार भएको चाँदी आज भने एक हजार २५० मूल्य निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु