१३ बैशाख २०८१, बिहिबार

७०० ले ओरालो लाग्यो पहेंलो धातु


अवैध सुन बरामद

काठमाडौँ । स्थानीय बजारमा पहेंलो धातुको मूल्य आज पनि ओरालो लागेको छ । तोलामा नै ७०० ले ओरालो लागेर साताको पहिलो दिनको कारोवार शुरु भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुन प्रतितोला ९१ हजार ८०० मा कारोवार भएको छ । छापावाला सुन शुक्रबार तोलामा ९२ हजार ५०० मा कारोवार भएको थियो । यस्तै तेजाबी सुन शुक्रबारका तुलनामा तोलामा नै ७०० ले घटेको छ ।

९२ हजारमा शुक्रबार कारोवार भएको तेजाबी सुन आज तोलामा ९१ हजार ३०० मा कारोवार भएको छ ।
यस्तै चाँदी तोलामा ३० ले घटेको छ । एक हजार २६० मा शुक्रबार कारोवारर भएको चाँदी आज भने रु एक हजार २३० मा मूल्य निर्धारण भएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !