२० असार, ललितपुर । व्यापारिक समुदायले आफ्नो व्यवसाय प्रवद्र्धनसँगै दिगो विकास लक्ष्य हासिल गर्ने दिशामा क्रियाशील रहनुपर्नेमा जोड दिइएको छ ।
उत्तरदायीपूर्ण ढंगबाट व्यवसाय प्रवद्र्धनसँगै दिगो विकास लक्ष्य हासिल गर्ने उद्देश्यले राष्ट्रिय संयन्त्रका रुपमा स्थापित ग्लोबर कम्प्याक्ट नेपालले आज यहाँ आयोजित कार्यक्रममा सहभागी वक्ताहरुले यस मञ्चलाई उपयोग गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।
कार्यक्रममा संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमका राष्ट्रिय प्रतिनिधि रेनाउड मेयरले दिगो विकास लक्ष्यले परिलक्षित गरेका लक्ष्यहरु कार्यान्वयन गराउन निजी व्यवसायीहरुको भूमिका महत्वपूर्ण रहने बताउनुभयो ।
ग्लोबल कम्प्याक्ट नेपालकी अध्यक्ष सुलोचना श्रेष्ठ शाहले सन १९९९ मा संयुक्त राष्ट्रसंघका तत्कालीन महासचिव कोफी अन्नानको घोषणाअनुसार स्थापना भएको विश्वव्यापी संयन्त्रलाई सन् २०१५ मा नेपालमा अनौपचारिकरुपमा स्थापना गरिएको र हाल यसमा गैरसरकारी संस्था र व्यापारिक कम्पनी गरी २२ सदस्य रहेको जानकारी दिनुभयो ।
सो अवसरमा संस्थाका महासचिव योगेश सत्याल, सदस्य समीर थापा, नवीना श्रेष्ठलगायतले ग्लोबल कम्प्याक्ट नेपालका गतिविधि र भावी कार्यक्रमका बारेमा प्रकाश पार्नुभएको थियो ।(रासस)