१२ बैशाख २०८१, बुधबार

प्रधानमन्त्री ओलीले बालुवाटारबाट एकसाथ गरे १६५ वटा सडकको शुुभारम्भ


णनीतिक सडक सञ्जाल शुभारम्भ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज १६५ वटा सडकको एकैपटक शुभारम्भ गरेका छन् । १६५ वटै संघीय निर्वाचन क्षेत्रमा १/१ वटा सडकका दरले सडक शुभारम्भ गरिएको हो । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारबाट प्रधानमन्त्री ओलीले डिजिटल रुपमा स्वीच थिचेर सडक शुभारम्भ गरेका हुन् ।

सांसदहरुले ठूलो दरमा स्थानीय पूर्वाधार विकास कार्यक्रममा बजेट मागेपछि चालु आर्थिक वर्षको बजेटमार्फत सरकारले एक निर्वाचन क्षेत्रमा एउटा सडक बनाउने गरी कार्यक्रम ल्याएको थियो । सडक ३ वर्षभित्र निर्माण सम्पन्न हुने लक्ष्य राखिएको छ । सडकको कुल लागत ५७ अर्ब १० करोड रुपैयाँ अनुमान गरिएको छ ।

‘निर्वाचन क्षेत्र रणनीतिक सडक’ कार्यक्रम अन्तर्गत प्रत्यक्ष निर्वाचित सांसदहरुले सिफारिसमा सडक तय गरिएको हो । हिमाल, पहाड र तराइमा छुट्टाछुट्टै संरचना अनुसार सडक निर्माण गरिने छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !