१३ जेष्ठ २०८१, आइतबार

सत्य र निष्ठाका मार्गमा हिँड्न कृष्णले प्रेरणा दिऊन्ः मुख्यमन्त्री राउत


लालबावु राउत

जनकपुर,२७ साउन । मुख्यमन्त्री लालबावु राउतले हिन्दू धर्मालम्बीको महान् पर्व कृष्णजन्माष्टमीका अवसरमा आज प्रदेशवासीलाई शुभकामना व्यक्त गर्नुभएको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को सचिवालयद्वारा आज जारी गरिएको विज्ञप्तिमा मुख्यमन्त्रीबाट देशविदेशमा रहनुभएका सम्पूर्ण नेपालीको सुखशान्ति एवम् समृद्धिका लागि शुभकामना व्यक्त गर्दै सत्य र निष्ठाको मार्गमा हिँड्न श्रीकृष्णले सबैलाई प्रेरणा दिऊन् भन्ने कामना गरिएको उल्लेख छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !