५ जेष्ठ २०८१, शनिबार

प्रादेशिक अस्पतालको अवस्था बुझ्दै


sudarsan baral

२० माघ, लमही । प्रदेश नं ५ का सामाजिक विकासमन्त्री सुदर्शन बरालले आज दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पताल अनुगमन गर्नुभएको छ । उहाँले अस्पतालको भौतिक स्थिति तथा सेवा प्रवाहको अवस्थालगायत अस्पताल विकासका सम्भाव्यताबारे जानकारी लिनुभयो ।

मन्त्री बराललाई अस्पतालको स्थितिबारे जानकारी गराउँदै निमित्त प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा सर्वेश शर्माले विशेषज्ञ चिकित्सकको अभावमा सेवाप्रवाहमा समस्या भएको बताउनुभयो ।

‘‘‘१६ विशेषज्ञ चिकित्सकको दरबन्दी हो’’ उहाँले भन्नुभयो, “तर छ दरबन्दीबाहेक सबै खाली भएकाले सेवाप्रवाहमा निकै अफ्ठेरो छ । अहिले यो अस्पताल ‘रेफर’ सेन्टरका रुपमा परिणत भएको भन्ने गुनासोसमेत बढेको छ । ”

सामग्री भएर पनि सघन उपचार सेवा सञ्चालन गर्न नसक्नु, डाइलोसिस सेवा प्रभावकारी बनाउन नसक्नुजस्ता समस्या सुल्झाउन मन्त्रालयले सहयोग गर्नुपर्ने निमित्त प्रमुख डा शर्माको भनाइ थियो ।

मन्त्री बरालले अस्पताल प्रदेश सरकार मातहत गइसकेकाले यसलाई व्यवस्थित बनाउन मन्त्रालयले भखरै रु तीन करोड बजेट पठाएको बताउनुभयो ।

“ हामीले अस्पतालको भौतिक पूर्वाधारका लागि भर्खरै रु तीन करोड पठाएका छौं’’ उहाँले भन्नुभयो, “तीन तहको सरकारका कानून निर्माण कानून निर्माण पूरा भएपछि यो सबै समस्या समाधान हुने भएकाले उपलब्ध जनशक्तिलाई व्यवस्थित गरेर सेवालाई प्रभावकारी बनाउनुपर्छ ।”

प्रादेशिक अस्पतालमा दाङसहित सल्यान, बर्दिया, रोल्पा, रुकुमबाट समेत उपचारका लागि बिरामी आउने गर्छन् । पछिल्लो समय घोराहीमा प्रतिष्ठानको विरोधले गर्दा घोराही र लमहीका बिरामी पनि उपचारका लागि तुलसीपुर आउने गरेका छन् । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !