८ जेष्ठ २०८१, मंगलबार

भाषा सुरक्षित राख्न आग्रह


shankar

२९ असार, दाङ । प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोखरेलले भाषाको विकास भए मात्रै समृद्धि पूरा गर्न सकिने बताउनुभएको छ ।

भाषा आयोगद्वारा बिहीबार घोराहीमा आयोजित ‘पाँच नं प्रादेशिक भाषा संगोष्ठी’ मा मुख्यमन्त्री पोखरेलले पछिल्लो पुस्ताले मातृभाषालाई भुल्दै गएकामा चिन्ता व्यक्त गर्दै भाषालाई सुरक्षित राख्नका लागि भाषा अन्वेषक मात्र नभई सबैको जिम्मेवारी रहेको बताउनुभयो ।

आयोगका अध्यक्ष डा लवदेव अवस्थीको अध्यक्षता भएको कार्यक्रममा सामाजिक विकासमन्त्री सुदर्शन बरालले सबै भाषाको सम्मान र संरक्षण गर्नु सबैको दायित्व भएको बताउनुभयो । जिल्ला समन्वय समितिका प्रमुख जीतेन्द्रमान नेपाली, घोराही उपमहानगरका प्रमुख नरुलाल चौधरी, तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेलगायतले भाषाको सम्मानित ढंगले विकास गर्न आवश्यक रहेकामा जोड दिनुभयो । संगोष्ठीले दाङका दश वटै स्थानीय तहमा बोलिने भाषाको अध्ययन तथा प्रतिवेदन तयार पार्ने जनाइएको छ ।(रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !