१४ असार २०८१, शुक्रबार

प्रदेश १ का नवनियुक्त मन्त्रीहरुले लिए शपथ


काठमाडौं । प्रदेश १ का नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

रामकुमार राई खानेपानी तथा सिंचाई तथा ऊर्जा, राजन राई सामाजिक विकास, खिनु लिम्बु पर्यटन तथा संस्कृति, झलकबहादुर मगर कृषि, शेखरचन्द्र थापा बन, वातावरण तथा भू-संरक्षण मन्त्रीको शपथ लिएका छन् ।

त्यस्तैगरी ओमप्रकाश सरवागी उद्योग, श्रम तथा रोजगार, प्रताम प्रकाश हाङगाम भूमि व्यवस्था र उपेन्द्रप्रसाद घिमिरे यातायात व्यवस्था तथा सञ्चार मन्त्रीको शपथ लिएका छन् । यस्तै विष्णु तुम्वाहाम्फेले सामाजिक विकास राज्यमन्त्रीको शपथ लिएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !