
विराटनगर । प्रदेश नम्बर १ को मन्त्रिपरिषद् बैठकले ७ मन्त्रालय फुटाएर १२ वटा बनाउने निर्णय गरेको छ ।
आइतबार बसेको बैठकले मन्त्रिपरिषद कार्यविभाजन नियमावली संशोधन गर्दै पारित गरेसँगै ७ मन्त्रालय फुटाएर १२ वटा बनाउने भएको हो ।
बैठकपछि आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले सरकारले गरेका अन्य निर्णय मात्रै सार्वजनिक गरेका थिए ।