११ आश्विन २०८१, शुक्रबार

कोरोना संक्रमणबाट २४ घण्टामा प्रदेश १ मा २२ जनाको मृत्यु


नेपाल कोरोना मृत्यु

मोरङ । प्रदेश नं १ मा पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट २२ जनाको मृत्यु भएको छ । प्रदेशका विभिन्न अस्पताल र आइशोलेसनमा पछिल्लो २४ घण्टाको अवधिमा २२ जना सङ्क्रमितकोे उपचारको क्रममा मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको हो ।

मृत्यु हुनेमा नौ महिला र १३ पुरुष रहेका छन् । मोरङमा आठ जनाको मृत्यु भएको छ भने झापाका पाँच, सुनसरीका तीन, धनकुटाका दुई र उदयपुरमा एक जना तथा प्रदेश बाहिरका तीन जना रहेको मन्त्रालयको तथ्याङ्कमा उल्लेख रहेको छ ।

नोबेल शिक्षण अस्पताल विराटनगरमा ११ जना, कोशी कोभिड उपचार केन्द्र र धरानको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तीन-तीन, मेची कोभिड अस्पताल भद्रपुर र अन्य आइसोलेसनमा दुई-दुई जना र होम आइसोलेनमा एक जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !