११ बैशाख २०८१, मंगलबार

रुकुम पश्चिमको आठबीसकोटमा माओवादी केन्द्र विजयी


नेकपा (माओवादी केन्द्र)

जाजरकोट । रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेकपा (माओवादी केन्द्र) विजयी भएको छ । नगरप्रमुखमा रवि केसी र उपप्रमुखमा धनकुमारी शाही विजयी भएका छन् ।

केसीले सात हजार ३९९ मत प्राप्त गरी निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका धीरेन्द्र बटालालाई पराजित गरेका हुन् । बटालाले ६ हजार ६१५ मत पाए । सो नगरपालिकामा कांग्रेस र एमालेबीच चुनावी गठबन्धन भएको थियो ।

उपप्रमुखमा विजयी शाहीले सात हजार २६५ मत तथा उनका निकटतम प्रतिद्वन्द्वी दिनेश चन्दले ६ हजार २६८ मत प्राप्त गरे ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !