१४ बैशाख २०८१, शुक्रबार

कर्णाली प्रदेशसभा बैठक बुधबारसम्मका लागि स्थगित


जीवनबहादुर शाही

कर्णाली । मुख्यमन्त्री जीवनबहादुर शाहीले विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको कर्णाली प्रदेशसभा बैठक मत विभाजनमा प्रवेश नगरी बुधबारसम्मका लागि स्थगित भएको छ ।

मंगलबारको बैठक सुरू भएलगत्तै सभामुख राजबहादुर शाहीले संसद आह्वानका लागि प्रदेश प्रमुखले पठाएको पत्र बाचन गरेर सुनाएका थिए ।

मुख्यमन्त्रीले विश्वासको मतको लागि प्रस्ताव पेस गरेपछि बैठक स्थगित गरिएको हो । बैठक बुधबार दिउँसो १ बजे बस्नेछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु