६ जेष्ठ २०८१, आइतबार

तीन सय ९५ लाई राहत वितरण


राहत

पोखरा, २७ चैत । पोखरा महानगरपालिका वडा नं ३३ भरतपोखरीमा ३९५ जनालाई राहत वितरण गरिएको छ । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ को सङ्क्रमण रोक्ने लक्ष्यका साथ सरकारले घोषणा गरेको ‘लकडाउन’का कारण दैनिकी सञ्चालनमा समस्यामा परेका मजदूर एवं विपन्न वर्गका व्यक्तिलाई राहत वितरण गरिएको वडा सदस्य शान्ति आचार्यले जानकारी दिनुभयो ।

लक्षित वर्गको पहिचान गरी राहत वितरणका गर्न जनप्रतिनिधि, वडामा क्रियाशील ५१ टोल विकास संस्था, राजनीतिक दल एवं नागरिक समाजसँग समन्वय गरिएको थियो । राहतस्वरुप २५ किलो चामलको बोरासहित दुई किलो दाल, दुई किलो चना, एक लिटर तेल र एक किलो नून प्रदान गरिएको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार घरपरिवारको सङ्ख्या तीन जना मात्रै भएका व्यक्तिका लागि भने उक्त परिमाणको आधा राहत उपलब्ध गराइएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !