७ बैशाख २०८१, शुक्रबार

स्तन क्यान्सर भएका महिलाको उपचार खर्च सरकारले बेहोर्ने : मुख्यमन्त्री


कृष्णचन्द्र नेपाली पोखरेल

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सामुदायिक वनका समस्याको समाधान गर्न गण्डकी प्रदेश सरकार तयार रहेको बताएका छन् ।

मङ्गलबार एक कार्यक्रममा बोल्दै मुख्यमन्त्री पोखरेलले आगामी दिनमा सामुदायिक वनका समस्यालाई प्राथमिकतामा राखेर बजेट ल्याउने बताए । प्रदेशका सामुदायिक वनका समस्या समाधानमा आफू अग्रसर रहने उनले प्रतिबद्धता जनाए ।

स्तन क्यान्सर भएका महिलाको उपचार खर्च सरकारले बेहोर्ने, कोरोनाबाट मृत्यु भएका परिवारलाई रु ५० हजार दिने, अभिभावक गुमाएका बालबालिकालाई प्रतिमहिना रु पाँच हजार पढाइ खर्च दिने, बेसहारालाई मानवसेवा आश्रममा राख्नेलगायत कार्यक्रम प्रदेश सरकारले अघि बढाएको मुख्यमन्त्री पोखरेलले बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !