७ बैशाख २०८१, शुक्रबार

मन्त्रिपरिषद् विस्तार, दीपक मनाङ्गे बने खेलकुदमन्त्री


दीपक मनाङ्गे

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रिपरिषद् विस्तार गरेका छन् । स्रोतका अनुसार सांसद दीपक मनाङ्गे भनेर चिनिएका राजीव गुरुङलाई मन्त्री बनाएका हुन् ।

स्वतन्त्र सांसद मनाङ्गेलाई युवा तथा खेलकुदमन्त्रीको जिम्मेवारी दिइएको स्रोतले बतायो । साविकको सामाजिक विकास मन्त्रालयबाट फुटाएर युवा तथा खेलकुद मन्त्रालय बनाएर मनाङ्गे जिम्मेवारी दिएको हो । उनको आजै बिहीबार नै सपथ हुने तयारी गरिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !