१३ आश्विन २०८१, आइतबार

बुद्धका उपदेश उत्तिकै सान्दर्भिक : मुख्यमन्त्री


डोरमणि पौडेल

हेटौँडा, २५ वैशाख । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले बुद्धको उपदेश आज पनि उत्तिकै सान्दर्भिक रहेको बताउनुभएको छ । बुद्ध पूर्णिमाको अवसरमा आज शुभकामना सन्देश दिँदै मुख्यमन्त्री पौडेलले विश्वशान्तिका अग्रदूतको जन्म, गृहत्याग, ज्ञान प्राप्ति तथा महापरनिर्वाण प्राप्त गरेको पवित्र दिनका अवसरमा कोरोनाको कहरबाट विश्वले मुक्ति पाओस् भन्ने कामना गर्नुभएको छ ।

मुख्यमन्त्री पौडेलले बुद्धले दिएका हिंसा नगर्नु, असत्य नबोल्नु, कसैको धन सम्पत्ति चोरी नगर्नु, ब्रह्मचार्य व्रतको पालना गर्नु र आवश्यकभन्दा बढी धनको सङ्ग्रह नगर्नु भन्ने लगायत जीवनोपयोगी हजारौँ उपदेशहरु रहेकाले बुद्धलाई हिन्दू तथा जैनहरुले समेत विभिन्न अवतारका रूपमा पुज्ने र सम्मान गरेको सन्देशमा उल्लेख छ ।

सन्देशमा कोरोनाको कहरले विश्वलाई नै सताइरहेको वर्तमान अवस्थामा बुद्धको जन्मभूमि नेपाल पनि त्यसबाट अछुतो हुन नसकिरहेको अवस्थामबाट नेपालसहित विश्वले मुक्ति पाओस् भन्ने हार्दिक शुभकामना व्यक्त गरिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !