१४ जेष्ठ २०८१, सोमबार

लकडाउनले गर्दा समस्यामा परेका परिवारलाई राहत वितरण गर्दै १७ बर्षिय युवा


२९ चैत, काठमाडौं । कोरोना भाइरसको कारणले गर्दा अहिले विश्व नै तरंगित भइरहेको समयमा अहिले नेपाल सरकारले मात्र नभईकन अन्य देशहरुले पनि लकडाउन गरेको छ । लकडाउनको समयमा अतिआवश्यक काम विना बाहिर निस्कन नदिने सरकारले निर्णय गरेपछि अहिले जनताहरु निकै समस्या परेका छन् ।

चीनवाट महामारीको रुपमा फैलिएको यो भाइरसले गर्दा अहिले विश्वभरी १ लाख भन्दा बढीको हजार को मृत्यु भइसकेको छ भने १७ लाख भन्दा बढी सङ्क्रमित भएका छन् । यो महामारीको समयमा नेपाली मजदुरहरु निकै समस्यामा परेका छन् खान, बस्नलाई नपाएपछि अहिले निकै समस्यामा परेका छन् ।

त्यतिमात्र नभई नेपाली जनताहरु राजधानीमा खान, बस्नलाई नपाएपछि अहिले राजधानीवाट हिडेर गाउँ जाने गरेका छन् । सरकारले राहत बाड्ने भनेता पनि त्यति नेपाली जनताको समस्या अनुसार राहत बाड्न नसकेपछि र मजदुरहरुले राहत नपाएपहि अहिले राजधानी छाडेर गाउँ जान थालेका छन् ।

यो समयमा एक युवा राहत वितरणमा व्यस्त छन् कर्मशील समाज नेपालका अध्यक्ष १७ बर्षिय अर्जुन पौडेल अहिले राहत वितरणमा व्यस्त छन् । उनले कीर्तिपुरमा २२ विपन्न परिवार, इमाडोलमा ८ अपाङ्ग र चक्रपथमा २ विपन्न परिवारलाई राहत वितरण गरेका छन् । उनले दाल, चामल, मसाला, तेल, नुन, सोयाबिन लगायत अत्यावश्यक उपभोग्य सामग्री वितरण गर्ने क्रम जारी रहेको उनले बताए । विभिन्न देशहरूबाट आएको सहयोगले अहिले राहत बाडेको उनले बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !