हेटौंडा । माओवादी केन्द्रले प्रदेशसभा बैठकमै वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको राजीनामा मागेको छ । डेढ महिनापछि बसेको बैठकमा मुख्यमन्त्री पौडेलको राजीनामा माग गर्दै वाग्मती प्रदेशको प्रदेशसभा बैठक अवरुद्ध गरेको छ ।
माओवादी केन्द्रका एक सांसदले सरकारले पछिल्लो समय गुटको राजनीति गर्न राज्यकोषको पैसा खर्च गरिरहेको आरोप लगाएका छन् ।