२५ वैशाख, पाल्पा । एउटा सानो खरले छाएको झुपडी छ, त्यो पनि धुवाँले रंगिएको कालोभित्ता भएको झुपडीको एक कुनामा सिंजापती दम्पतीको बसोबास छ । गाउँमा सिंजापती साँहिलाका नामले चिनिने खड्गबहादुर र उहाँकी श्रीमती सरुमा सिंजापती उमेरले डाँडापारिको घाम बन्नुभएको छ