कांग्रेसका मन्त्रीहरुले सामूहिक राजीनामा दिने तयारी
काठमाडौं । नेपाली कांग्रेसका मन्त्रीहरुले सामूहिक राजीनामा दिने विषयमा छलफलमा जुटेका छन् । मन्त्री निवास भैसेपाटीमा मन्त्रीहरुले छलफल गरिरहेका छन् । आज कृषिमन्त्री रामनाथ अधिकारीले भने राजीनामा दिइसकेका छन् । अरु मन्त्रीहरुले स्वास्थ्यमन्त्री प्रदीप पौडेल निवासमा छलफल गरेका हुन् ।