१९ असार २०८१, बुधबार
राजनीति

फोरम लोकतान्त्रिक महाधिवेशन आजदेखि

वैशाख २०, २०७३- सत्तारुढ फोरम लोकतान्त्रिकको पहिलो महाधिवेशन सोमबार विराटनगरमा सुरु हुँदैछ । बेग्लै पार्टी बनेको साढे ६ वर्षपछि महाधिवेशन हुन लागेको हो । तीन दिने महाधिवेशनले पार्टीको विधान, राजनीतिक र संगठनसम्बन्धी प्रस्ताव तथा नयाँ नेतृत्व चयन गर्ने छ ।