काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी महाधिवेशनको निर्णय,विधान, निर्वाचित कमटी नमान्ने, अधिवेशनबाट निर्वाचित कमिटीलाई भंग गरेर गुटका मानिस भर्ती गर्ने र जे मन लाग्यो त्यही स्वेच्छाचारी, अनुशासनहीन र अराजक काम गरेको आरोप लगाएका छन्