खोलाले बगाएर एकको मृत्यु
३० साउन, जाजरकोट । नलगाड नगरपालिका वडा–७ दानीपिपल खोलाले बगाएर आज बिहान ३९ वर्षीय उमेशबहादुर शाहीको मृत्यु भएको छ । खोलामा आएको बाढीले झण्डै ५० मिटर तल पु¥याएपछि स्थानीयवासीले शाहीको शव फेला पारेको नलगाड नगरपालिकाको प्रमुख टेकबहादुर रावलले बताउनुभयो ।