, सूचना सञ्‍चार

सूचना सञ्‍चार

  • गूगल र फेसबुकले समाचार प्रयोग बापत भुक्तानी गर्नुपर्छ: अस्ट्रेलिया सरकार

    क्यानबेरा, १६ साउन । अस्ट्रेलिया सरकारले अस्ट्रेलियाली संचार माध्यमका समाचार सामग्री प्रयोग गरेबापत भुक्तानीको व्यवस्था मिलाउन तीन महिनाभित्र मध्यस्थता गर्न गूगल र फेसबुकलाई आदेश दिएको छ । शुक्रबार सार्वजनिक गरिएको अनिवार्य आचार संहिताको मस्यौदामा व्यावसायिक मिडिया कम्पनीबाट उत्पादित समाचार सामग्रीको प्रयोग गरेबापत गूगल र फेसबुकले रकम तिर्नुपर्ने उल्लेख छ । विश्वका अन्य मुलुकले यस्तो प्रयोग […]

  • डा. युवराज खतिवडा

    यस्ता छन् मन्त्रिपरिषद्ले गरेका निर्णयहरु

    काठमाडौँ, साउन ६ । नेपाल सरकारले मंगलबार राति १२ बजेबाट लकडाउन अन्त्य हुने बताएको छ । सरकारका प्रवक्ता अर्थ, संचार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले हिजो बसेको मन्त्रिपरिषद्ले गरेका निर्णयहरु सार्वजनिक गर्दै मंगलबार राति १२ बजेबाट लकडाउनको अवस्था नरहने बताएका हुन् । उनले अब लकडाउन जारी छ भन्न नपर्ने भन्दै त्यसको अन्त्य भएको बताएका […]

  • Yubraj Khatiwada

    आमसञ्चार माध्यमका लगानी पारदर्शी गरिने : सञ्चारमन्त्री डा. खतिवडा

    काठमाडौँ, ६ साउन । सञ्चार तथा सूचना प्रविधि एवम् अर्थमन्त्री डा. युवराज खतिवडाले आमसञ्चार माध्यमका लगानी पारदर्शी गर्न सरकार लागिरहेको बताउनु भएको छ । प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिमा ‘कोभिड-१९ को सङ्क्रमणले श्रमजीवी पत्रकार र सञ्चार क्षेत्रमा पारेको प्रभावका सम्बन्ध’मा भएको छलफलमा उहाँले सबैभन्दा बढी सरोकार भएको क्षेत्र सञ्चार भएकाले यसलाई व्यावसायिक बनाउनका लागि लगानीलाई […]

  • गुगलले ल्यायो भिडियो सहितको नयाँ किनमेल एप

    गुगलले ल्यायो भिडियो सहितको नयाँ किनमेल एप

    क्यालिफोर्निया, ५ साउन । प्रविधिको अग्रणी संस्था गुगलले किनमेल सम्वन्धी नयाँ एप ल्याउन लागेको छ । नयाँ एपमा केही नयाँ प्रयोगहरु गर्न थालिएको र यसले मानव जीवनलाई धेरै सहज बनाउने निर्माताहरुको विश्वास छ । गुगलले सपलुप नाम दिएको सो एप निर्माणका लागि बनाएको टोलीका सदस्यहरुले उपभोक्ता र विक्रेताहरुका लागि नयाँ ठाउँ बन्ने दावी गरेका छन् […]

  • विद्युतीय सञ्चार माध्यम

    आचारसंहिता उल्लङ्घन : विद्युतीय सञ्चार माध्यममा बढी

    काठमाडौँ, ३ साउन । पछिल्लो समयमा सञ्चार माध्यममा सम्प्रेषित समाचारको विषयलाई लिएर ती सञ्चारमाध्यमविरुद्ध उजुरी पर्ने क्रम बढ्दै गएको छ । कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि सरकारले शुरु गरेको बन्दाबन्दी (लकडाउन) को अवधिमा मात्र प्रेस काउन्सिल नेपालमा पत्रकार आचारसंहिता उल्लङ्घन सम्बन्धी ७३ वटा उजुरी परेका छन् । ती उजुरी व्यक्तिगत वा संस्थागत रुपमा चरित्र, मानसम्मान, […]

  • रिपोर्टिङ डायरी

    रिपोर्टिङ डायरी : ‘बाबा, हामीलाई कोरोना नसार्नू है !’

    धनगढी, १ साउन । चीनको वुहानबाट शुरु विश्वव्यापी महामारीको रूप लिएको कोरोना भाइरसको त्रासले विश्व आतङ्कित भइरहेका बेला नेपालमा समेत फ्रान्सबाट आएकी एक युवतीमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएपछि सन्त्रास फैलिएको थियो । जब चैत ११ गतेदेखि बन्दाबन्दी लागु भयो, तब देशभर एक किसिमको कोरोना आतङ्क छायो । शुरुआती चरणमा घरबाट मानिस निस्कनका लागि कल्पनासमेत […]

  • बाराक ओबामा, बिल गेट्स, एलन मस्क लगायतको ट्विटर एकाउन्ट ह्याक

    बाराक ओबामा, बिल गेट्स, एलन मस्क लगायतको ट्विटर एकाउन्ट ह्याक

    एजेन्सी, साउन १ । अमेरिकका चर्चित व्यक्तिहरू तथा कम्पनीको ट्विटर एकाउन्ड साइबर हमलामा ह्याक भएको छ । पूर्वअमेरिकी राष्ट्रपति बराक ओबामा, राष्ट्रपतिका लागि डेमोक्र्याटिक उमेद्दवार जो बाइडन, अर्बपतिहरू जेफ बेजोस, एलन मस्क, बिल गेट्स, माइकल ब्लुमवर्ग, र्‍यापर कानिय वेस्ट लगायतकाको ट्विटर ह्यान्डल ह्याक भएको हो । यस्तै ह्याकरहरूको निशानामा एप्पल र उबर जस्ता कम्पनीको ट्विटर […]

  • नेपाल पत्रकार महासङ्घ

    ‘पत्रकार आपत्कालीन राहत कोष’ स्थापना

    काठमाडौँ, ३१ असार । नेपाल पत्रकार महासङ्घले ‘पत्रकार आपत्कालीन राहत कोष’ स्थापना गर्ने भएको छ । कोभिड-१९ सङ्क्रमणका कारण पत्रकारले जागिर गुमाउनु परेको, बेतलबी बिदामा बस्नु परेको तथा नियमित पारिश्रमिक भुक्तानी हुन नसकेको अवस्थालाई मध्यनजर गर्दै सो कोष स्थापना गर्न लागिएको महासङ्घले जनाएको छ । महासङ्घ केन्द्रीय समितिबाट रु ३० लाख जम्मा गरेर शुरुआत गरिएको […]

  • नेपालमा भारतीय न्युज च्यानलको प्रसारण बन्द गर्ने निर्णय

    जी न्युजसहित ४ वटा बाहेक अन्य खुले भारतीय न्युज च्यानलहरु

    काठमाडौं, असार २९ । केवल अपरेटरहरूले जी न्युजसहित ४ वटा बाहेक अन्य भारतीय न्युज च्यानलहरुको प्रसारण खुलाएका छन् । केवल अपरेटरहरूको आइतबार बसेको बैठकले जी-न्युज, आजतक, इन्डिया टिभी र एबिपी न्यूज च्यानलहरूको प्रसारण बन्द राखेर अरू खोल्ने निर्णय गरेको म्याक्स टिभीका उपाध्यक्ष ध्रुव शर्माले जानकारी दिएका छन् । केही च्यानलको प्रसारणलाई लिएर सबै च्यानल बन्द […]

  • Youth and Mobile

    अब हरेक वडामा वाईफाई

    असार २९, काठमाडौं । नेपाल टेलिकमले देशका हरेक वडामा वाईफाई उपलब्ध गराउने भएको छ । कम्पनीले पहिलो चरणमा वडामा रहेका सरकारी तथा अन्य संस्थागत कार्यालयलाई लक्षित गर्दै वाईफाई उपलब्ध गराउने तयारी गरेको प्रबन्ध निर्देशक डिल्ली अधिकारीले जानकारी दिए । आगामी आर्थिक वर्ष २०७७/७८ को वार्षिक कार्यक्रममै समेटेर वाईफाई सुविधा विस्तार गर्ने काम अगाडि बढाइएको उनले […]

  • क्लिन फिड नीति

    क्लिन फिड नीति साउन १ गतेदेखि नै लागू गर्न माग

    काठमाडौँ, २९ असार । सरोकारवाला सङ्घसंस्थाले आगामी कात्तिक ८ गतेदेखि लागू हुने भनिएको विज्ञापनरहित क्लिन फिड नीति आगामी साउन १ गतेदेखि नै कार्यान्वयन गर्न सरकारसँग माग गरेका छन् । नेपाल मिडिया सोसाइटी, नेपाल विज्ञापन सङ्घ, ब्रोडकाष्टिङ एसोशिएसन अफ नेपाल र सामुदायिक रेडियो प्रसारक सङ्घले आज सञ्चार तथा सूचना प्रविधिमन्त्रीलाई संयुक्तरुपमा ज्ञापनपत्र बुझाउँदै देश र जनताका […]

  • डा. युवराज खतिवडा

    प्रशासनिक निर्णयबाटै पनि क्लिन फिड लागू गर्न सकिन्छ : मन्त्री डा. खतिवडा

    काठमाडौँ, असार २८ । नेपाल विज्ञापन सङ्घसहितका तीन सार्वजनिक प्रसारण संस्थाले तत्काल क्लिन फिड नीति कार्यान्वयनमा ल्याउन माग गर्दै आज सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडालाई ज्ञापनपत्र बुझाएका छन् । सरकारले आगामी कात्तिक ८ गतेदेखि सो नीति कार्यान्वयनमा लैजाने तयारी गरिरहेका बेला उनीहरुले आगामी आर्थिक वर्षको शुरुआतीदेखि नै विज्ञापनरहित क्लिन फिड नीति कार्यान्वयनमा ल्याउन […]

  • आमेजोन कम्पनीले सेलफोनबाट टिकटक हटाउन कर्मचारीलाई अनुरोध

    आमेजोन कम्पनीले सेलफोनबाट टिकटक हटाउन कर्मचारीलाई अनुरोध

    सान फ्रान्सिस्को, २७ असार । आमेजोन कम्पनीले आफ्ना कर्मचारीलाई “सुरक्षा जोखिम” भएको कारण देखाउँदै आ-आफ्नो सेलफोनबाट टिकटक हटाउन अनुरोध गरेको न्युयोर्क टाइम्सले शुक्रबार जानकारी दिएको छ । भारतले टिकटक र युसी ब्राउजरलगायत ५९ ओटा चिनियाँ एप्सहरु प्रतिबन्ध लगाएको केही दिनपछि आमेजोन कम्पनीमा यस्तो निर्णय आएको हो । सार्वभौमिकता, अखण्डता र प्रतिरक्षाको लागि यो निर्णय गरिएको […]

  • सञ्चार तथा सूचना प्रविधि मन्त्रालय

    भारतीय सञ्चार माध्यमको दूराशयपूर्ण एवं भ्रामक समाचारप्रति सञ्चार मन्त्रालयको ध्यानाकर्षण

    काठमाडौँ, २७ असार । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले केही भारतीय सञ्चारमाध्यमबाट नेपाल र प्रधानमन्त्रीको नाम जोडेर प्रकाशित/प्रसारित कपोलकल्पित, दूराशयपूर्ण एवं भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । मन्त्रालयले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गरी पत्रकारिताका न्यूनतम विश्वव्यापी मूल्य मान्यता र अभ्याससँग मेल नखाने दूष्प्रचारयुक्त त्यस्ता सामग्रीले दुई देशबीचको मित्रवत् सम्बन्धमा प्रतिकूल प्रभाव पार्न […]

  • national-id-nepal-parichaya-patra

    राष्ट्रिय परिचयपत्र वितरणका लागि विवरण सङ्कलन कार्य शुरु

    पर्वत, २६ असार । राष्ट्रिय परिचयपत्र वितरण गर्ने कार्यक्रमअन्तर्गत पर्वतमा बिहीबारदेखि व्यक्तिगत विवरण सङ्कलन शुरु गरिएको छ । पर्वतको मोदी गाउँपालिका–७ राम्जा स्थायी घर भई हाल राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले आफ्नो व्यक्तिगत विवरण दर्ता गराई फोटो खिचाएर उक्त कार्यको शुभारम्भ गर्नुभएको हो । जिल्ला प्रशासन कार्यालयको एक कोठामा फिल्ड कार्यालयको स्थापना गरी विवरण सङ्कलन गर्ने […]

  • प्रेस काउन्सिल नेपाल

    ‘प्रेस काउन्सिल अफ इन्डिया’ समक्ष प्रेस काउन्सिल नेपालको ध्यानाकर्षण

    काठमाडौँ, २६ असार । भारतीय टिभी च्यानलले नेपाल र नेपालीविरुद्ध आपत्तिजनक सामग्री प्रशारण गरेको भन्दै प्रेस काउन्सिल नेपालले विरोध जनाएको छ । भारतका केही सञ्चारमाध्यमबाट अपुष्ट, अक्षम्य र भ्रामक सामग्री प्रशारण भएकोप्रति काउन्सिलले समकक्षी ‘प्रेस काउन्सिल अफ इन्डिया’ समक्ष गम्भीर सरोकार राखेको कार्यबाहक अध्यक्ष किशोर श्रेष्ठले जानकारी दिनुभयो । त्यस्तै प्रेस काउन्सिलले अफवाहपूर्ण सामग्री सम्प्रेषण […]

  • डोरमणि पौडेल

    भारतीय सञ्चार माध्यममा प्रशारण भएको सामग्रीप्रति मुख्यमन्त्रीको आपत्ति

    हेटौँडा, २५ असार । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रधानमन्त्री केपी शर्मा ओली र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीविरुद्ध भारतीय सञ्चार माध्यमले प्रशारण गरिरहेको समाचार सामग्री प्रति आपत्ति जनाउनुभएको छ । सामाजिक सञ्जालमा उहाँले लेख्नुभएको छ, “बौद्धिकता शून्य भएर, अत्यन्तै तल्लोस्तरमा ओर्लेर गरिएको टिप्पणीले भारतीय पत्रकारिताभित्रको बौद्धिक खडेरीलाई उदाङ्गो पारेको छ ।” मुख्यमन्त्री पौडेलले […]

  • सूर्य थापा

    भारतीय सञ्चार माध्यमका समाचार भ्रामक : सल्लाहकार थापा

    काठमाडौँ, २५ असार । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले कतिपय भारतीय सञ्चारमाध्यमले केही दिनयता गलत, भ्रामक र मर्यादाहीन समाचार सम्प्रेषण गरिरहेको प्रति आपत्ति जनाउनुभएको छ । सल्लाहकार थापाले सामाजिक सञ्जालमार्फत भन्नुभएको छ, “ती सञ्चारमाध्यमको अभिष्ट राम्रैसँग बुझ्न सकिन्छ । तिनले पत्रकारिताबाहेक अरूथोक मात्र गरिरहेका छन् । तीन करोड नेपालीजनमा यस्ता आधारहीन सम्प्रेषणले […]

  • सञ्चारकर्मी

    भारतीय सञ्चार माध्यमको अनर्गल र बकवासपूर्ण प्रचार-प्रसारको भत्र्सना

    काठमाडौँ, २५ असार । प्रधानमन्त्री केपी शर्मा ओली र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीविरुद्ध भारतीय सञ्चारमाध्यम जी न्यूजले असत्य, भ्रामक र कपोलकल्पित सामग्री प्रसारण गरेकामा नेपाल पत्रकार महासङ्घले भत्र्सना गरेको छ । “भारतीय सञ्चारमाध्यमबाट अत्यन्त तल्लोस्तरबाट गरिएको प्रचार निन्दनीय र आपत्तिजनक छ, भारतीय सञ्चारमाध्यमले गरेको यो प्रचार पीत पत्रकारिताको नमूना हुनुका साथै प्रेसको विश्वव्यापी […]

  • Nepal-Telecom-central-office-Ntc-offer-750x430

    नेपाल टेलिकमबाट एफटिटिएच सेवा शुरु

    डोटी, २५ असार । नेपाल टेलिकमले एउटै केबलबाट उच्च गुणस्तरको टेलिफोन र द्रुत गतिको इन्टरनेट प्रयोगमा ल्याउन सकिने फाइबर टु द होम (एफटिटिएच) सेवाको आजदेखि यहाँ शुभारम्भ गरेको छ । यसअघि सो सेवा काठमाडौँमा मात्रै सञ्चालन गरिएको थियो । टेलिकमका सुदूरपश्चिम प्रदेशका क्षेत्रीय निर्देशक नामाकर न्यौपानेले आज पुरानो क्षेत्रीय सदरमुकाम दिपायल राजपुरस्थित कार्यालयमा एफटिटिएच प्रविधिमार्फत […]