१२ असार, म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले विद्यालयलाई टेलिटिचिङ सञ्चालनका लागि स्मार्ट टिभी वितरण गरेको छ । गाउँपालिकाभित्र रहेका १० माध्यमिक विद्यालयलाई टेलिटिचिङका लागि गाउँपालिका अध्यक्ष डमबहादुर पुनले वडाध्यक्ष तथा विद्यालयका प्रधानाध्यापकलाई १० वटा स्मार्ट टिभी हस्तान्तरण गर्नुभएको हो ।